पोर्टेबल शौचालय

पोर्टेवल स्मार्ट सार्वजनिक शौचालय नेपालको सार्वजनिक स्थलहरु, सरकारी तथा सामुदायिक विद्यायलहरु जस्ता स्थानहरुको सरसफाई चनौतीहरुलाई सम्वोधन गर्न सक्ने एक उत्तम विकल्प हो । यो शौचालय पोर्टेवल र प्री–फ्याव्रिकेटेड् हुने भएकाले शहरी, ग्रामिण तथा पर्यटकिय स्थलहरुमा सवैखाले प्रयोगकर्ताले सहजै प्रयोग गर्न सक्ने गरी र भनेको वेलामा तुरुन्तै राख्न र हटाएर अन्यत्रै सार्न सकिने हुन्छ । यसमा स्वचालित सफाई प्रणाली जडान गर्न सकिने हुनाले शौचालयमा उच्चतम स्वच्छता कायम राख्नुका साथै शौचालयबाट पैसा लिने संक्रमणहरुलाई समेत न्यूनिकरण गरि सामुदायिक स्वास्थ्यलाई प्रवद्धन गर्दछ । त्यसवाहेक यो शौचालयले पानी तथा उर्जाको पनि कम खपत गर्ने हुनाले श्रोतहरुको दिगो उपयोगका समेत टेवा पुर्याउँछ । हाम्रा स्मार्ट शौचालयहरु यस्ता विविध उन्नत र आधुनिक विशेषताहरुका साथमा आम प्रयोगकर्ता तथा पर्यटकहरुको अनुभव सुन्दर बनाउँदै नेपाल सरकारको सार्वजनिक सरसफाई पूर्वाधारहरु सुधार्ने तथा सवैलाई सफा र स्वच्छ सरसफाई सेवा प्रदान गर्ने नितीसँग मेल खाने संरचनाको रुपमा डिजाईन गरिएको छ ।

सफाईको धेरै विकल्प भएको

स्वचालित

अर्ध-स्वचालित

हस्तचालित

पोर्टेबल

हाम्रा पोर्टेबल शौचालयहरू पूर्वनिर्मित र पूर्ण रूपमा पोर्टेबल छन्, जुनसुकै बेला सजिलै अन्य ठाउँहरूमा स्थानान्तरण गर्न सकिन्छ।

अनुकूलन योग्य

हाम्रा सबै शौचालय मोडेलहरू आकार, मोडेल र प्रयोगकर्ताको संख्याको हिसाबले अनुकूलन योग्य छन्।

विभिन्न बैकल्पिक विशेषताहरु

पोर्टेवल स्मार्ट सार्वजनिक शौचालय मोडललाई एक पटकमा २ जना देखि १० जना सम्मले प्रयोग गर्ने आकारमा र मान्छेले नै सफा गर्नुपर्ने देखि अर्ध–स्वचालित र पूर्ण स्वचालित रुपमै शौचालय सफा हुने सम्मको प्रकारमा डिजाईन गरि उत्पादन गर्न सकिने हुन्छ । मान्छेल आपैm सफा गर्ने हकमा शौचालयमा प्रेसर वासर होज् जडान गरिएको हुन्छ जसले सफाईकर्ताले सजिलै शौचालय सफागर्न सक्छन् । अर्ध–स्वचालित सफाईमा शौचालको प्यान÷कमोड र भूईँको सफाई अनि फ्लस आफै हुन्छ । पूर्ण स्वचालित प्रणालीमा प्यान/कमोडको, भूइँ लगायत शौचालयको भित्ता पनि आफै सफा हुन्छ । यस्तो शौचायलहरुमा यदि प्रयोग शूल्क लिने भएका नोट तथा डिजिटल वालेटबाट शूल्क भूत्तानी गरि स्चालित रुपमा शौचालय सञ्चालन हुने व्यवस्था हुन्छ ।

ne_NPNE