स्मार्ट शौचालय

शहरका साँघुरा स्थानहरूको लागि उपयुक्त यो युनिसेक्स एकल–प्रयोग शौचालय अधिकतम सुविधा र सहजतालाई मध्यनजर गरे डिजाइन गरिएको हो। यसले स्वचालित रूपमा प्रयोग शुल्क सङ्कलन गर्नुका साथै प्रयोगकर्ताहरूलाई सहज र स्वच्छ अनुभव प्रदान गर्दछ। यसमा जडित उन्नत सफाई प्रणालीले प्रत्येक प्रयोग पछि प्यान, भुइँ, र भित्री पर्खालहरू पूर्ण रूपमा सफा गर्दछ । पूर्ण रूपमा सौर्य ऊर्जाबाट सञ्चालित यो शौचालय पर्यावरणमैत्री र लागत(प्रभावी दुवै हो । यसमा आप्mनै सेप्टिक ट्याङ्क, पानी ट्याङ्क, र सोक ट्याङ्क पनि जडित भएको हुनाले शहरी सरसफाइ आवश्यकताहरूको लागि एक उपयूक्त समाधान हो ।

आफै सफा हुने प्रविधि

यस शौचालयमा जडित स्वचालित सफाई प्रणालीले प्रत्येक प्रयोग पछि शौचालयको प्यान, भुइँ र भित्री पर्खालहरू राम्ररी सफा गर्दछ। यसले म्यानुअल सफाईको आवश्यकतालाई कम गर्दै उच्च स्तरको स्वच्छता र प्रयोगकर्ताको सहजता सुनिश्चित गर्दछ।

कम्प्याक्ट र पोर्टेबल

यो स्मार्ट शौचालयलाई सके सम्म सानो आकारको कम्पयाक्ट र पोर्टेबल हुने गरी डिजाइन गरिएको छ, जसले यसलाई साँघुरो स्थानहरूमा पनि फिट गर्नको लागि सहज हुन्छ। यसको मोड्युलर डिजाइनले यसको पोर्टेबिलिटीलाई थप सुधार गर्दछ, जसले आवश्यक्ता अनुसार विभिन्न स्थानहरूमा सजिलै स्थानान्तरण गर्न सहज हुन्छ।

सेनेटरी प्याड

न्यापकिन डिस्पेन्सर

स्मार्ट शौचालयमा एउटा स्यानिटरी प्याड डिस्पेंसर र एउटा ट्वाईलेट पेपर डिस्पेंसर राखिएको छ। यी सुविधाहरूले आवश्यक स्वच्छता उत्पादनहरू प्रयोगकर्ताहरूलाई सहजरुपमा उपलब्ध गराउछ, यसले शौचलायमा उपलब्ध सुविधा बढाउनुका साथै असल सरसफाई अभ्यास र सेवाहरूलाई प्रवर्द्धन गर्दछ।

चिपलाई सफा गर्न दिनुहोस्: स्वच्छ भविष्यलाई अँगाल्नुहोस्!

आकर्षक भित्री डिजाईन

शौचालयको आन्तरिक सजावट साधारण तर सुरुचिपूर्ण छ। यसमा स्पष्ट अडियो निर्देशन र संकेतहरू समावेश छन्, जसले प्रयोगकर्ताहरूलाई शौचालय कसरी प्रयोग तथा सञ्चालन गर्ने बारेमा मार्गदर्शन गर्दछ। यो प्रयोगकर्ता-मैत्री विशेषताले प्रविधि सँग परिचित नभएका लगायतका सबै खाले प्रयोगकर्ताहरुको पहुँच सुनिश्चित गर्दछ।

बच्चा राख्ने टेबल

निर्माणमा समावेश गरिएको बेबी सपोर्ट टेबलले अभिभावकहरूको लागि सहजता थप्छ, यो शौचालयलाई परिवार-मैत्रि बनाउँछ। यो विचारशीलाले थप साना बच्चाहरू भएका परिवारहरूको आवश्यकताहरूलाई पूरा गर्छ।

हात धुने ठाउँको व्यवस्था

टचलेस ह्यान्डवाशिङ बेसिनले प्रयोगकर्ताहरूलाई कुनै पनि सतहहरू नछोइकन आफ्नो हात धुन अनुमति दिएर स्वच्छता बढाउँछ। यसले प्रदूषणको जोखिम कम गर्छ र सरसफाइलाई बढावा दिन्छ

पर्याप्त भेन्टिलेशन

यो स्मार्ट शौचालयमा सेन्सर नियन्त्रित भेन्टिलेशन प्रणाली जडान गरिएको छ । यसले शौचालयमा स्वच्छ हावाको प्रर्याप्त सञ्चालन गर्नुका साथै दूर्गन्धलाई हटाउन मद्दत गर्दछ ।

बत्तिको व्यवस्था

यो स्मार्ट शौचालयमा सेन्सर नियन्त्रित बत्तिको व्यवस्था गरिएको छ । यसले कम उज्यालो भएको वा रात्रिकालिन समयमा शौचालय भित्र प्रयाप्त उज्यालो भईराख्ने र सवैखाले समयमा सहज र सुरक्षित तवरले शौचालय प्रयोग गर्न सकिने कुराको सुनिश्चित गर्दछ ।

प्रयोगकर्ताहरुको गोपनीयता

यो शौचालय सार्वजनिक स्थानहरुमा यसका प्रयोगकर्ताहरुको गोपनियता रहने गरि डिजाईन गरिएको छ । शौचालय प्रवेश देखि प्रयोग सम्मको अवस्थामा पर्याप्त छेकवार, शौचालय भित्रबाट चुकुल लगाउने व्यवस्था जस्ता विशेषताहरुले महिला तथा पूरुष दुवैखाले प्रयोग कर्ताहरुलाई सहज र सुरक्षित महशुस हुन्छ ।

दूर्गन्ध रहित डिजाईन

यो शौचालयमा जडान गरिएको साईफन रहित प्यान÷कमोड, उपयूक्त भेन्टिलेशन प्रणाली र शौचालिय भित्र सुगन्धित हावा प्रवाह गर्ने प्रणालीका साथै आपैm सफाहुने प्रणालीले यो शौचालयलाई पूर्णरुपमा दुर्घन्ध रहित बनाउँछ ।

टिकाऊ डिजाइन

स्टेनलेस स्टील, फाईवर रिन्फोस्र्ड प्लाष्टिक जस्ता मूख्य निर्माण सामाग्रीहरुको प्रयोग गरि यो स्मार्ट शौचालयलाई सामान्यतया तोड्फोड् गर्न नमिल्ने र सवैखाले परिस्थितिमा पनि भरपर्दो र लामो समयसम्म टिकाउ हुने गरि डिजाईन तथा निर्माण गरिएको छ ।

विज्ञापन बोर्डहरू

यो शौचालयमा बत्ति बल्ने विज्ञापन वोर्डहरु छन् जसले शौचालयको सुन्दरतालाई बढाउनुका साथसाथै त्यसमा सार्वजनिक जनहितका सूचना तथा विज्ञापन र व्यापारिक विज्ञापन राखेर आम्दानी पनि संकलन गर्न सकिन्छ ।

ne_NPNE