आफै सफाहुने

हाम्रा शौचालयहरूमा आफै-सफा गर्ने संयन्त्र जडित वा सफा गर्न सजिलो डिजाइनहरूमा उपलब्ध छन्।

मोबाईल

हाम्रो शौचालय-अन-व्हील्स मोडेल एक तान्न मिल्ने शौचालय युनिट हो जसमा भित्रै सेप्टिक र पानीको ट्यांकी समावेश गरिएको छ।

पोर्टेबल

हाम्रा शौचालयहरूको डिजाईन पोर्टेबल छ र जुनसुकै समयमा सजिलै अन्य ठाउँहरूमा सार्न सकिन्छ।

अनुकूलन योग्य

हाम्रा सबै शौचालय मोडेलहरू आकार, मोडेल र प्रयोगकर्ताको संख्याको हिसाबले अनुकूलन योग्य छन्।

असक्त, अपाङ्ग तथा बालबालिका मैत्री
शौचालय

हामीले उत्पादन गर्ने सबै शौचालयहरुमा संयूक्त राष्ट्र संघको बाधारहित निर्देशिका लाई सकेसम्म पालन गरिएको छ । यस्ता शौचालयहरुका फरक फरक डिजाईन अनुसार श्रव्य दृश्य निर्देशनहरु, बच्चा राख्ने टेवल, स्यानिटरी प्याड डिस्पेन्सर, हात समात्ने डण्डी, हात धुने बेसिन, हाते झोला झुन्डयाउने ठाउँ जस्ता विशेषताहरु रहेकाले यो शौचालय वृद्ध, असक्त, गर्भवती तथा नावालक सहितका आमाहरु लगायत समग्र प्रयोगकर्ता मैत्रीहुने गरि डिजाइन तथा निर्माण गरिएको छ ।

चोरी तथा
तोडफोड न्यूनिकरण

यो शौचालयलाई सामान्यतया चुकुल, फ्लस, धाराको टुटी, ह्याण्ड् सावर, विजुलिको बल्ब, स्वीच जस्ता सामानहरु सार्वजनिक शौचालयबाट चोरिने, विगारिने वा भाचिने हुँदा सकेसम्म त्यसो गर्न नमिल्ने तवरले पूर्नःडिजाइन गरि अन्तरजडित गरिएको छ ।

शौचालयको वाहिरी भागलाई सिसिटिभि निगरानीमा रहने व्यवस्था पनि गर्न सकिन्छ।

वारेन्टी र
बिक्रि पश्चातको सेवा

यो शौचालय स्थापनाको १ वर्ष निशुल्क मर्मत सम्भारको व्यवस्था रहने छ । त्यस्तै शौचालयको समग्र स्टीलको संरचनामा १५ वर्ष, मोटर र कन्ट्रोल मेकानिजमहरुमा ५ वर्ष र ईलेक्ट्रोनिक्स र सेन्सरहरुमा (यदि भएमा) २ वर्षको वारेन्टी रहने छ । सकिने र खिईने पार्टहरु जस्तै रवर वाईपर, सफाई व्रस जस्ता सामाग्रीहरु र वाहिरी कारणबाट पुगेको क्षेतिमा वारेन्टी लागुहुने छैन । हाम्रो समाजको खास आवश्यक्ता हेरी हाम्रै देशमा निर्माण गरिएको तथा शौचालय निर्माण र वितरण नै हाम्रो प्रमुख कार्य रहेको हुँदा शौचालय सञ्चालनका दौरान आउने कुनैपनि प्राविधिक समस्याको समाधानका लागि हामी सँधै तयार रहने छौं ।

हाम्रो बारेमा

यन्त्र मेकर्समा हामी सामाजिक र व्यावसायिक समस्याहरू समाधान गर्नका लागि उपयूक्त प्राविधिक उपायहरु खोज्ने प्रयत्न गछौं। सडक फर्निचर, सार्वजनिक शौचालय र फोहोर व्यवस्थापन प्रणाली जस्ता सार्वजनिक प्रयोजनका मेशिन, औजार र तथा उपकरणहरुको उत्पादनलाई हामीले विशेष जोड दिईरहेका छौं। हाम्रो समुहले मेशिन उत्पादनमा विशेषज्ञता र नवीन डिजाइनलाई संयोजन गरेर व्यक्ति तथा समुदायहरूको जीवनस्तर सुधार गर्न आवश्यक प्रविधि विकास गर्दछ। हामी हाम्रा ग्राहकहरूको अद्धितिय चुनौतीहरू र आवश्यकताहरू बुझेर त्यसको गहन विश्लेषण र अनुसन्धान गरेर उपयुक्त समाधानहरू विकास गर्छौं। हामी ग्राहकहरू र सरोकारवालाहरूसँग नजिकबाट सहकार्य गरेर खोजी गरिएका समाधानहरू व्यावहारिक, कुशल र विशिष्ट आवश्यकताहरू मुताविकका छन् भन्ने कुराको पूर्ण सुनिश्चित गर्दै दिगो समाधान र सहकार्य गर्दछौं ।

ne_NPNE